सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

यू–१९ साफ : भारतविरुद्ध नेपाल पहिलो हाफमा १ गोलले पछि

SabaiKhel default image

घरेलु मैदानमा जारी यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पहिलो हाफमा पछि परेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल पहिलो हाफमा भारतसँग १–०ले पछि परेको हो।

खेलमा नेपाल भारतविरुद्ध २६औं मिनेटमा पछि परेको थियो। भारतका साहिल खुर्सिदले गोल गरेका थिए।

सुरुआती २ संस्करणको विजेता नेपाल पछिल्ला २ संस्करणमा भारतसँगै सेमिफाइनलमा रोकिँदै आएको छ।

आजको खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ।

1.3Kशेयर