सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एसियन गेम्समा विश्वकप विजेता जापानसँग भिड्दै नेपाली महिला फुटबल टिम

१९औँ एसिन गेम्समा नेपाली महिला फुटबल टिमले आज महिला विश्वकपको पूर्वविजेता जपानसँग खेल्दै छ।

नेपाल र जापानबीचको खेल आज साँझ ५ः१५ बजे हुने छ। महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो।

यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो। नेपाल भर्खरै विश्वकप खेलेको भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो।

समूह डी मा नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ भने जापान शीर्ष स्थानमा छ। यस्तै भियतनाम दोस्रो र बंगलादेश पुछारमा छ।

नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसँग खेल्ने छ।

1.3Kशेयर