युरोकप छनोटमा पोर्चुगलले कीर्तिमानी जित निकालेको छ। आफ्नो इतिहासकै सबैभन्दा ठूलो जित निकाल्ने क्रममा सोमबार राति घरेलु मैदानमा पोर्चुगलले लक्जेमवर्गमाथि ९–० को जित निकाल्यो।
सुपरस्टार क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगललका लागि गोन्कालो इनासियो, गोन्कालो रामोस र डिएगो जोटाले समान २ गोल गर्दा ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स र रिकार्डो होर्टाले पनि गोल गरे।
इनासियोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि गोनकालो रामोसले १८औं र ३४औं मिनेटमा गोल गरे। त्यसपछि इनासियोले पहिलो हाफको इन्जुरी टाइममा गोल गेपछि पहिलो हाफमा पोर्चुगलले ४–०को अग्रता लियो।
डिएगो जोटले ५७औं र ७७औं मिनेटमा गोल गरे भने होर्टाले ६७औं, फर्नान्डेजले ८३औं तथा जाआओ फेलिक्सले ८८औं मिनेटमा गोल गरे।
पोर्चुगलले छनोटमा शतप्रतिशत नतिजालाई कायम राख्दै ६ खेलबाट १८ अंक जोडेर समूह जेको शीर्ष स्थानमा छ।
लक्जेम्वर्ग ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा स्लोभाकियाले लिचेन्स्टाइनलाई ३–० तथा आइसल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई १–० ले हरायो ।
स्लोभाकिया ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा छ। बोस्निया एण्ड हर्जगोभिना र आइसल्याण्डको समान ६ अंक छ।