लेवान्डोस्की बने ‘प्लेयर अफ दी सिजन’

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगाको ‘प्लेयर अफ दी सिजन’ बनेका छन् । बायर्नलाई लागातार आठौं सिजन च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका पोलिस स्ट्राइकर लेवान्डोस्की सिजनकै उत्कृष्ट खेलाडी बनेका हुन् ।

दर्शक र विज्ञको भोटिङका आधारमा लेवान्डोस्की ‘प्लेयर अफ दी सिजन’ बनेका हुन् । यो सूचीमा बोरुसिया डर्टमन्डका जाडोन सान्चो र बायर लेभरकुसनका काई हाभेर्टज दोस्रो स्थानमा रहे । लेवान्डास्की उनी यो सिजनका बुन्डेसलिगाका सर्वाधिक गोल स्कोरर हुन् । उनले ३३ खेलमा ३३ गोल गरेका छन् ।

बायर्नलाई च्याम्पियन बनाउने क्रममा लेवान्डोस्कीले विपक्षी सबै १७ वटै टिमविरुद्ध गोल गरेका छन् भने लागतार खेलमा गोल गर्ने कीर्तिमान पनि बनाएका छन् ।

‘प्लेयर अफ दी सिजन’ बनेपछि लेवान्डोस्कीले आफू उत्कृष्ट फर्ममा नरहेको बताउँदै चाँडै फर्ममा देखिन सक्ने बताए । अरु अहिले आफू उत्कृष्ट लयमा रहेको बताए पनि तीसबै अंकहरु मात्र भएको उनले बताएका छन् ।

‘मलाई लाग्दै म अहिले करिअरकै उच्च फर्ममा छु, तर चाँगै त्यो लय समाउनेमा भने विश्वस्त छु,’ लेवान्डोस्कीले भनेका छन्, ‘यो मेरो कअिरको अन्तिम सिजन पनि होइन । म लामो समय खेल्न चाहन्छु र आफ्नो गतिलाई कायम राख्न चाहन्छु ।’

लेवान्डोस्कीले बुन्डेस लिगामा ९ सिजन बिताएका छन् । जसमा ३ सिजन बोरुसिया टर्डमन्ड र ६ सिजन बार्यनमा बिताएका छन् । जसम उनले डर्टमन्डबाट ७४ र बायर्नबाट १६१ गोल गरेका छन् । उनले बायर्नमा ११ उपाधि जितेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.