सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

इरास्मसको अलराउन्ड प्रदर्शनमा काठमाडौंको पहिलो जित, कर्णाली अझै जितबिहीन

जेरार्ड इरास्मसले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल प्रियिमर लिगमा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। बुधबार टियू मैदानमा भएको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंमा ३ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सुमित महर्जले सर्वाधिक ४० रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनले पाँचौं विकेटका लागि इरास्मस र छैठौं विकेटका लागि करण केसीसँग महत्वपूर्ण साझेदारी गरेका थिए। त्यो नै कर्णालीको जितको आधार बन्यो।

यस्तै, इरास्मसले २८ बलमा ३ चौका र २ छक्का मद्दतमा ३८ रन बनाउँदा करण केसीले १० बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै विस्फोटक रुपमा २८ रन बनाए। त्यअसघि ओपनर माइलक लेविटले १९ बलमा २२ रन बनाएका थिए।

बलिङमा कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले शिखर धवनको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनायो। धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा नटआउट ७२ रन बनाए।

यस्तै, चाडविक वाल्टनले १५ बलमा २१ रन बनाउँदा जिशन मक्सुदले १४, बाबर हायतले १३ र गुल्सन झाले १२ रनको योगदान दिए।

बलिङमा काठमाडौंका जेरार्ड इरास्मसले २ तथा करण केसी, नाथल सोउटर र दीपेश कँडेलले समान १ विकेट लिए।

1.3Kशेयर